के दिउँ बाबू तिमिलाई उपहार ?
फुल दिउँ
जुन दिउँ वा
तारा ?
माया दिउँ
ममता वा
सहारा ?
झुपडीमा
जुनको टहटह उज्यालोमा
तरा गन्दै जन्मियौ ।
फेसबुकको आँगनमा
अक्षरहरुको माला
शब्दहरुको श्रिङ्गार बाहेक
के दिउँ बाबू तिमिलाई उपहार ?
अभिभाराले थिचिएको बाबुको काँध
ममताले पिल्सिएको आमाको कोखमा
साहरा बन्दै जन्मियौं बाबू
धन्य छ तिमिलाई
गर्व छ हामिलाई।
सुर्य झैं तेजिलो हुनु
चन्द्रमा झैं उज्यालो हुनु
पानी झैं घुलनशिल
हिरा झैं चम्किन
आगो झैं बल्नु
प्राकृति झैं सुन्दर अनि
गरिब निमुखा र सहरा बिहिनहरुका लागि
भर्र्याङ् हुनु।
सामर्थ्यले भ्याए सम्म
संसारमा लिन सक्ने र दिन मिल्ने जति सबै दिएकै छु
यी हेर त
तिमिलाई हुर्काउँदा मेटिएका
हातका चक्रहरु
छाम त टाउकामा
भारी बोक्दा थिचिएका नाम्लाका
डोबहरु।
खिईएका पाईताला र
फुटेका कुर्कुचाहरु।
हो बाबू
अब तिमीले आफु जन्मिनुको सार्थकता
पुष्ठि गर्नुपर्छ।
यो देश र परिवारले
एक जिम्मेवार सेवक मागेको छ बाबु
अब तिमिले सामजिक दायित्व पूरा गर्नुपर्छ।
रोई रहेका परेलि हँसाउनु पर्छ
मरिसकेका आत्माहरु बचाउनु पर्छ।
रामचन्द्र तिम्सिना
(आवाज)