Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पोखरामा हड्तालमा उत्रिएको अनेरास्ववियुका नेता तिमिल्सीना पक्राउ,आम हड्तालको प्रभाव

पोखरामा हड्तालमा उत्रिएको अनेरास्ववियुका नेता तिमिल्सीना पक्राउ,आम हड्तालको प्रभाव

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २२, २०७७ बिहिवार • ११:००:१४ बजे
  • 1.4K
    SHARES
  • पोखरामा हड्तालमा उत्रिएको अनेरास्ववियुका नेता तिमिल्सीना पक्राउ,आम हड्तालको प्रभाव

    पोखरामा हड्तालमा उत्रिएको प्रचण्ड–नेपाल समूह उग्र बन्न थालेको छ। पोखराको महेन्द्रपुलमा आन्दोलनमा सहभागीले केही सवारी साधन माथी तोडफोड समेत गरेका छन ।

    images

    p2.jpg

    यसै क्रममा महेन्द्रपुलबाट दाहाल नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन ।बिहीबार गरेको देशव्यापी आम हड्ताललाई सघाउदै गर्दा अनेरास्ववियुका बिधार्थी नेता बिनायक तिमिल्सीनालाई प्रहरीले पक्राउ गरेको हो । 

    सवारी साधन रोक्ने क्रममा केही बिवाद हुदा हातहाल तथा तोडफोड गरेको भन्दै बिधार्थी नेता तिमिल्सिनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।

    प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले बिहीबार गरेको देशव्यापी आम हड्तालको प्रभाव पोखरामा पनि परेको छ । बन्दकर्ताहरु पोखराको चोकचोकमा बसेर सवारी साधनलाई आवतजावतमा रोक लगाएका छन् ।

    p3.jpg

    बजार क्षेत्रमा छोटो दुरीका निजी यातायातका साधन न्यून मात्रामा संचालनमा भएपनि सार्वजनिक यातायातका साधन छोटो र लामो दुरीका संचालनमा आएका छैनन् । शिक्षण संस्था, उद्योग तथा व्यापारिक केन्द्र बन्द छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology