पोखरामा बन्दको विरुद्द मोटरसाइकल र्याली निकालिएको छ । नेकपा दाहाल –नेपाल समूहले घोषणा गरेको आम हड्तालको बिरुद्द नेकपा ओली समुहका केही युवा बिधार्थीहरुले मोटरसाइकल र्याली निकालेका हुन । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले बिहीबार गरेको देशव्यापी आम हड्तालको प्रभाव पोखरामा पनि परेको छ । बन्दकर्ताहरु पोखराको चोकचोकमा बसेर सवारी साधनलाई आवतजावतमा रोक लगाएका छन् ।
बजार क्षेत्रमा छोटो दुरीका निजी यातायातका साधन न्यून मात्रामा संचालनमा भएपनि सार्वजनिक यातायातका साधन छोटो र लामो दुरीका संचालनमा आएका छैनन् । शिक्षण संस्था, उद्योग तथा व्यापारिक केन्द्र बन्द छन् । पोखराको महेन्द्रपुलमा आन्दोलनमा सहभागीले केही सवारी साधन माथी तोडफोड समेत गरेका छन ।
यसै क्रममा महेन्द्रपुलबाट दाहाल नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन ।बिहीबार गरेको देशव्यापी आम हड्ताललाई सघाउदै गर्दा अनेरास्ववियुका बिधार्थी नेता बिनायक तिमिल्सीनालाई प्रहरीले पक्राउ गरेको हो ।
सवारी साधन रोक्ने क्रममा केही बिवाद हुदा हातहाल तथा तोडफोड गरेको भन्दै बिधार्थी नेता तिमिल्सिनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ ।