आमहड्तालको अवज्ञा गरेको भन्दै प्रदर्शनकारीहरुले नयाँ बसपार्कमा एउटा ट्याक्सी तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरुले बा. १ ज १०७९ नम्बरको ट्याक्सी तोडफोड गरेका हुन् । ट्याक्सीको पछाडिको सिसा फुटेको छ ।
गोंगबुबाट बालाजुतर्फ गइरहेको ट्याक्सीलाई रोकेर तोडफोड गरेको प्रहरीले जनाएको छ ।