नेकपा प्रचण्ड–नेपाल समूहको आव्हानमा भएको आमहड्तालमा देशभर १५४ नेता कार्यकर्ता गिरफ्तार भएका छन् ।
संघर्ष समितिले दिएको जानकारी अनुसार, काठमाडौंमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसहित ७२ जना गिरफ्तार भएका छन् । उनीहरुलाई प्रहरी प्रशिक्षण प्रतिष्ष्ठान महाराजगञ्जमा राखिएको छ ।
काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी वीरगञ्जमा गिरफ्तार भएका छन् । संघर्ष समितिका अनुसार, वीरगञ्जमा ३५ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेका छन् ।
त्यस्तै, तनहुँमा १६ जना, जनकपुरमा १२ जना, बारामा छ जना, विराटनगरमा ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
