Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीको निरंकुशताबाट देशलाई बचाउन आमहड्तालः नेतृ श्रेष्ठ

ओलीको निरंकुशताबाट देशलाई बचाउन आमहड्तालः नेतृ श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७७ बिहिवार • १६:३५:२१ बजे
  • 994
    SHARES
  • ओलीको निरंकुशताबाट देशलाई बचाउन आमहड्तालः नेतृ श्रेष्ठ

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहकी नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडी हिडाउनको लागि आमहड्ताल गरिएको बताएकी छन् ।

    images

    नेतृ श्रेष्ठले नेकपाले गरेको आमहड्तालमा काठमाडौँको कोटेश्वर चोकमा सहभागी हुँदै मुलुकलाई संविधानसम्मत् ढंगले अगाडी हिडाउनको लागि आमहड्तालको आव्हान गरिएको बताएकी हुन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट देशलाई बचाउनुपर्ने अवस्था आएको पनि बताइन् ।

    नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरुलाई गैरसंवैधानिक हिसाबले नियुक्ति गरी संविधानलाई अर्को चुनौती दिएको बताइन् ।

    संविधान अनुरुप मुलुक नचले देश ठूलो दुर्घटनामा जाने र समाज विभक्त भई द्धन्दमा जाने भन्दै उनले दुर्घटनाबाट बचाउन संविधानलाई कार्यान्वयन गरेर जानुपर्ने बताइन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology