बिद्रोही नेकपा (बिप्लब) का स्थायि समिती सदस्य तथा बिदेश बिभाग प्रमुख धर्मेन्द्र बास्तोला (कन्चन)लाई रिहा गर्न सर्बोच्च अदालतलेआदेश जारी गरेको छ।पार्टीको नियमित भेला प्रशिक्षणको क्रममा २०७७/९ /२९ गते ललितपुरको गिम्दी बाट प्रहरीले गिराफ्ताल गरीमहानगरिय प्रहरी प्रभाग जावलाखेलमा राखेको थियो।
नेकपा नेता धर्मेन्द्र बास्तोलाको तर्फ देखी हिमा बास्तोलाले दर्ता गरेको बन्दीप्रत्यक्षकरण रिट माथी सर्बोच्च अदालतको न्यायधिशद्वयदिपकुमार कार्की र सुष्मालता माथेमा र संयुक्त ईजलाशले बैचारिक आस्थाकै कारण प्रबृत भावना राखी गिराफ्तार गरी गैरकानुनीरुपमा बन्दी बनाईएको ठहर गर्दै थुनामा राख्नका लागी कुनै पनि बस्तुनिष्ठ कारण र प्रमाण नभएको र फरक बिचार राखेको कारणपक्राउ गर्ने र अनुसन्धानका नाममा थुनामा राख्ने कार्य न्यायिकरुपले समेत औचित्यपुर्ण नभएको भन्दै सर्बोच्च अदालतको रजिष्टार रनेपाल बार एशोसियसनका अध्यक्षको रोहबरमा थुनमुक्त गर्न आदेश दिएको हो।
प्रहरी प्रधान कार्यलय नक्शाल लाई बिपक्षी बनाई हालिएको रिट निबेदकको तर्फबाट बरिष्ठ अधिबक्ताद्वय रमण कुमार श्रेष्ठ र एकराज भण्डारी,बिद्दवान अधिबक्ताहरु दयाराम पोख्रेल,कपिलचन्द्र पोख्रेल,प्रकाश महर्जन,लिलादेबी पौडेल,खिमानन्द अधिकारी, सन्तोष कोईराला र चुडामणी निरौलाले बहस गर्नुभएको थियो।
यसै बिच सर्बोच्च अदालतको आदेशको ठाडो उल्लंघन गर्दै नेकपा नेता बास्तोलालाई प्रहरीले अदालत गेट बाट नै पुन: पक्राऊ गरी कमल पोखरी बृत्तमा लगेको अधिबक्ता सन्तोष कोईरालाले जानकारी दिनु भएको छ।यसैगरी नेकपा नेता तथा काठमाण्डौ जिल्ला सचिब भिमसेन घिमीरेलाई पनि रिहा गर्न दिएकोसर्बोच्चको आदेशको उल्लंघन गर्दै पुन: गिराफ्तार गरिएको छ।स्मरण रहोस बिद्रोही नेकपा र सरकार बिच बार्ता गर्ने तयारी भएको चर्चा भईरहेको समयमा बास्तोलालाई पक्राउ गरिएको थियो।अन्तराष्ट्रिय सम्बन्धमा दखल राख्ने नेता बास्तोला पार्टीको स्थायी समिती सदस्यतथा बिदेश बिभाग प्रमुख सहित पार्टीको तेस्रो बरियताका नेता समेत हुन।
|
|
|
|
|
|