Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्यानमारमा फेसबुकमा पहुँच निषेध

म्यानमारमा फेसबुकमा पहुँच निषेध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७७ बिहिवार • २०:२८:०९ बजे
  • 1.9K
    SHARES
  • म्यानमारमा फेसबुकमा पहुँच निषेध

     एजेन्सी/प्रजातान्त्रिक सरकारलाई सत्ताच्युत गरेको म्यानमारका सैन्य शासकले सामाजिक सञ्जाल फेसबुक चलाउन निषेध गरेको छ ।

    images

    म्यानमारको सञ्चार तथा सूचना मन्त्रालयले फेसबुकको पहुँच फेब्रुअरी सातसम्मका लागि निषेध गरिएको जनाएको छ ।सैन्य शासकले भने ‘स्थिरता’का लागि उक्त कदम चालिएको जनाएको छ ।

    यद्यपि कतिपय स्थानमा अझै फेसबुक सञ्चालनमा नै छ ।  म्यानमारको कुल जनसंख्याको करिब पचास प्रतिशत एक करोड तीस लाख ब्यक्तिको पहुँच फेसबुकमा छ । आन्दोलनरत अधिकारवादीहरुले फेसबुकमा पेज सञ्चालन गरी आफ्नो कार्यक्रम तय गरेर साझा गर्दै आएका छन् ।

    फेसबुकले भने पेज पहुँचमा आएको अवरोधबारे जानकारी पाएको र परिवार एवम् मित्रजनसँग सम्पर्कका लागि महत्वपूर्ण माध्यम बनेको फेसबुक पूर्ववत् सञ्चालनका लागि प्रयास भइरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # म्यानमार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology