Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेकपा दाहाल-नेपाल पक्षले गरेको बन्द खुल्यो

नेकपा दाहाल-नेपाल पक्षले गरेको बन्द खुल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७७ बिहिवार • २०:३१:२६ बजे
  • 1.4K
    SHARES
  • नेकपा दाहाल-नेपाल पक्षले गरेको बन्द खुल्यो

    नेकपाको पुष्पकमल दाहाल–माधव कुमार नेपाल पक्षले गरेको बन्द खुलेको छ । आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द ५ बजेदेखि सम्पन्न भएको बताए ।

    images

    प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर बिहीबार नेकपाको दाहाल–नेपाल पक्षले आमहड्ताल आह्वान गरेको थियो ।


    शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारले प्रहरी बल लगाएको श्रेष्ठले दाबी गरे । उनले सयौं नेता कार्यकर्ता घाइते भएको र सयौं नेता कार्यकर्ता पक्राउ परेको बताए । उनले पक्राउ परेका नेता कार्यकर्तालाई अबिलम्ब रिहा गर्न सरकारसँग माग गरेका छन् ।


    बन्दका क्रममा नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य रामचन्द्र झालगायतका नेताहरू घाइते भएका छन् । टाउकोमा चोट लागि गम्भीर घाइते भएका नेता झालाई जनकपुरबाट काठमाडौं रिफर गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology