Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

असंवैधानिक कदमविरुद्ध नागरिक अगुवाहरूले शुक्रबार बिहान काठमाडौंमा मार्चपास

असंवैधानिक कदमविरुद्ध नागरिक अगुवाहरूले शुक्रबार बिहान काठमाडौंमा मार्चपास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७७ शुक्रवार • १०:४३:२७ बजे
  • 871
    SHARES
  • असंवैधानिक कदमविरुद्ध नागरिक अगुवाहरूले शुक्रबार बिहान काठमाडौंमा मार्चपास

    सरकारको ‘असंवैधानिक’ कदमविरुद्ध नागरिक अगुवाहरूले शुक्रबार बिहान काठमाडौंमा मार्चपास गरेका छन् ।बृहत् नागरिक आन्दोलनअन्तर्गत उनीहरूले संवैधानिक निकायहरूमा गरिएको नियुक्तिको प्रतिकारस्वरुप आज बिहानै शीतल निवास नजिक मार्च पास निकालेका हुन् ।

    images


    लैनचोरबाट सुरु भएको मार्चपास पानीपोखरी पुगेर कोणसभामा परिणत भयो । मार्चपासमा सहभागीहरुलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि त्यहीँ कोणसभा गरिएको हो ।


    कोणसभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गर्दै ‘गहुँगोरो अफ्रिका’ कविता समेत बाचन गरेका थिए ।

    लेखक खगेन्द्र संग्रौला, पत्रकार तथा नागरिक अगुवा नारायण वाग्ले, पत्रकार राजेन्द्र महर्जनलगायत धेरै लेखक, कवि, पत्रकार तथा बुद्धिजीवि कार्यक्रममा सहभागी भएका थिए ।

    सहभागीहरुले राष्ट्रपतिज्यू संविधान कहाँ छ, सर्वसत्तावाद मुर्दावाद, असंवैधानिक नियुक्ति मान्दैनौ’ लगायतका नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।

  • सम्बन्धित विषय:

  • # मार्चपास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology