Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विप्लवमाथिकाे प्रतिबन्ध हटाउनुपर्छ : प्रचण्ड

विप्लवमाथिकाे प्रतिबन्ध हटाउनुपर्छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७७ शुक्रवार • १०:५३:३३ बजे
  • 1.3K
    SHARES
  • विप्लवमाथिकाे प्रतिबन्ध हटाउनुपर्छ : प्रचण्ड

    नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेकपाविरुद्ध केपी शर्मा ओलीले लगाएको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन्। बिहीबार साँझ इमेल टेलिभिजनको हर्ट सीट कार्यक्रममा अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

    images

    अध्यक्ष प्रचण्डले त्यतिबेलाको समयमा पार्टीसँग छलफलनै नगरेर षड्यन्द्रमुलक तरिकाले विप्लवविरुद्ध प्रतिबन्ध लगाएको बताए।

    अन्तर्वार्तामा पत्रकारले ओलीले विप्लवसँग वार्ता गरेर तपाईका विरुद्ध कार्ड फाल्ने तयारी गरेको देखिन्छ नि ? भन्ने प्रश्नमा प्रचण्डले उक्त विषयमा ओलीको नाटक मात्र भएको बताए। अध्यक्ष प्रचण्डले विप्लवसँग वार्ता गर्नको लागि प्रतिबन्ध हटाउनु पर्ने बताएका थिए।

    ओलीको पछिल्ला भनाइमा प्रतिगमनकारी, राजावादी उत्साहित हुनुले पनि उहाँ उपलब्धि सकाउने बाटोमा लागेको प्रचण्डले बताए। कानूनी रुपमा विभाजित भैनसकेको नेकपाका अध्यक्ष प्रचण्डले ओली कहिल्यै गणतन्त्रवादी नरहेकाले अहिलेको उपलब्धि ध्वस्त गर्ने बाटोमै ओली लाग्ने आरोप लगाए।

    अविश्वासको प्रस्ताव ल्याउने बाटोमा नबढेको भए प्रधानमन्त्री ओलीले संसद विघटन गर्दैन थिए कि भन्ने प्रश्नमा प्रचण्डले अल्मिलिँदै त्यसो नगरेको भए हुन्नथ्यो कि भन्ने आशय पनि व्यक्त गरे। राष्ट्रपतिलाई महाभियोग लगाउन खोजेपछि ओली झन् बढी आक्रोशित भएको भन्ने प्रश्नमा उहाँले यो झूठो, निराधार र कपटपूर्ण आरोप हो ।

    ओलीले गरेको ‘ब्ल्याकमेलिङ’ मात्र हो। नेकपालाई मिलेको संसदीय सिट पनि ओलीका लागि नभई पार्टीका नाममा आएको उनले बताए। नेकपा बनाउने र गठबन्धन बनाउने प्रस्ताव नै आफ्नो भएको जिकीर गरे। तर, पार्टी एकता पनि ओलीले आफू प्रधानमन्त्री पाउने सुनिश्चित भएपछि मात्र गरेको प्रचण्डले बताए।

    अध्यक्ष प्रचण्डले भने, ‘केपी ओलीसँग अब एकता सम्भव छैन। वामदेव गौतमले मिलाउन खोजेर पनि सम्भव छैन। अहिले पार्टी एक हुने कुनै सम्भावना छैन।’

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology