Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केपी ओलीले जे–जे गर्छन्,तमासा हेरेर बस्नेवाला छैनौ :माधव नेपाल

केपी ओलीले जे–जे गर्छन्,तमासा हेरेर बस्नेवाला छैनौ :माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७७ शुक्रवार • १०:५९:३१ बजे
  • 1.9K
    SHARES
  • केपी ओलीले जे–जे गर्छन्,तमासा हेरेर बस्नेवाला छैनौ :माधव नेपाल

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।

    images

    उनले सरकारका गलत कदमविरुद्ध सडक संघर्ष जारी राख्ने बताएका हुन् । नेकपा दाहाल–नेपाल समूहले शुक्रबार ललितपुरस्थित होटेल हेरिटेजमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको गलत कदमविरुद्ध चुप लागेर नबस्ने बताए ।


    ‘‘केपी ओलीले जे–जे गर्छन्, तमासा हेरेर बस्नेवाला छैनौँ,’’ उनले भने, ‘हामी उनको असंवैधानिक कदमका विरुद्धमा, प्रतिनिधिसभा विघटनको विरुद्धमा निरन्तर सडक आन्दोलनमा छौँ ।’’


    उनले आफूहरुले यही माघ २८ गते बृहत् विरोध कार्यक्रम गर्न लागेको जानकारी दिए । आफूहरुको आन्दोलन प्रतिगमनका विरुद्ध भएको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology