Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन थप सशक्त बनाउन सबै दललाई कांग्रेसको अपिल

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन थप सशक्त बनाउन सबै दललाई कांग्रेसको अपिल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७७ शुक्रवार • १९:२६:३९ बजे
  • 1.0K
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन थप सशक्त बनाउन सबै दललाई कांग्रेसको अपिल

    प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको असंवैधानिक कदमविरुद्ध शान्तिपूर्ण आन्दोलनका लागि सबै दललाई अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका लागि सबैलाई आग्रह गरेका हुन् ।

    images

    उनले नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्ति देखिए पनि आफूहरु सडक र सदनमा शालीन ढंगले प्रस्तुत भएको बताउँदै भनेका छन्, ‘नेकपाको सरकार बनेपछि जनविरोधी कदम र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद् र सडक दुवै ठाउँमा शालीन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं । संसद् विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ छौं । विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिलसमेत गर्न चाहन्छौं ।’


    त्यस्तै प्रवक्ता शर्माले सरकारका असंवैधानिक कदमविरुद्ध आन्दोलनका कार्यक्रमहरुमा अझ व्यापक बनाउने पनि बताएका छन् । कांग्रेसले शनिबार शुभेच्छुक संस्थाहरूको प्रदर्शन गर्ने र फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ प्रदर्शन गर्ने पनि उनले जानकारी दिएका छन् ।


    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दा र नियुक्ति र शपथ ग्रहणमा सरकारले संविधानविपरीतको कर्म गरेको पनि उनको ठहर छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology