Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आजबाट कुन नक्कली, कुन सक्कली भन्ने फैसला भयो : ओली

आजबाट कुन नक्कली, कुन सक्कली भन्ने फैसला भयो : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७७ शुक्रवार • १९:४८:२५ बजे
  • 772
    SHARES
  • आजबाट कुन नक्कली, कुन सक्कली भन्ने फैसला भयो : ओली

    प्रधामन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आजबाट आफूले नेतृत्व गरेको नेकपा नै ठूलो पार्टी भएको प्रमाणित भएको बताएका छन् ।

    images

    नारायणहिटी दरवार अगाडि आयोजित जनसभाका तिनैतिर उपस्थित जनसभालाई देखाउँदै उनले भने, ‘अब भ्रममा पर्नु हुँदैन, आजका दिनदेखि कुन सक्कली र कुन नक्कली हो भन्ने फैसला भयो ।’

    प्रधानमन्त्री ओलीले नेकपाको मूल पार्टी आफूले नेतृत्व गरेको नेकपा नै भएको दावी गरे । उनले आफूले नेतृत्व गरेको नेकपा देशकै मूल पार्टी भएको बताए ।

    स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी नेकपा भएको भन्दै उनले नेकपा इतिहास बोकेको र देश बनाउने सपना बोकेको पार्टी भएको प्रष्ट्याए ।

    जनसभामा मान्छे खाँदाखाँद रहेको र त्रिचन्द्रदेखि जयनेपालसम्म भीड रहेको भन्दै मुल पार्टी कुन हो भनेर कतिपयले सोधिरहेको भन्दै यो भीडबाट कुन मूल पार्टी भन्ने स्वतः खुलेको बताए ।

    हिजो बन्द गरेर कार्यक्रममा आउन नदिने काम गरेको भन्दै प्रचण्ड–नेपाललाई नरभक्षी आन्दोलन नगर्न समेत ओलीले चेतावनी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology