Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘फर्म’ मा आएनन् बादल, ओलीको अभिव्यक्ति दिन्छन् कि प्रचण्डको ?

‘फर्म’ मा आएनन् बादल, ओलीको अभिव्यक्ति दिन्छन् कि प्रचण्डको ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७७ शनिवार • ०८:१८:५५ बजे
  • 1.6K
    SHARES
  • ‘फर्म’ मा आएनन् बादल, ओलीको अभिव्यक्ति दिन्छन् कि प्रचण्डको ?

    अक्सर तटस्थ देखिने गृहमन्त्री रामबहादुर थापा बादललाई गत पुस ५ गतेपछि केपी शर्मा ओली या प्रचण्डमध्ये कसको कित्ता लिने हो भन्ने स्पष्ट हुनैपर्ने बाध्यता आइलाग्यो । उन त उनी प्रचण्डसँग असहमति हुँदा वामदेव गौतम झैं तटस्थ बस्न सक्थे । तर छँदाछँदैको गृहमन्त्री छाड्नुभन्दा ओलीतिरै लाग्नु उपयुक्त देखे सायद, पुस ९ मा ओली क्याम्पमा उभिन बालुवाटार पुगे । थापाले गरेको भाषण र उभिएको मञ्चको तालमेल मिलेको थिएन ।

    images

    उनले क्रान्ति, अग्रगमन, आन्दोलनका कुरा गर्थे र घुमाइफिराइ ओली नेतृत्वको नेकपामात्रै अग्रगामी भएको निचोड सुनाउँथे ।


    थापाको यही अलमल देखेर एकपटक प्रचण्डले भनेका थिए–उहाँ त्यता उभिनु भएको छ, भाषण हाम्रो गर्नुहुन्छ ।’ त्यससता कयौँ मञ्चमा थापाले ओलीको अभिव्यक्ति दिन्छन् कि प्रचण्डको, छुट्याउनै मुस्किल हुने गरेको छ । शुक्रबारको जनसभामा ओलीपछिको दोस्रो वरियता पाउने चर्चामा रहेका बादलले सत्ताधारीकै मञ्चबाट तेस्रो जनआन्दोलन सुरु भएको उद्घोष गरिरहँदा आफू गृहमन्त्री हुँ भन्ने चटक्कै बिर्सिए ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

  • सम्बन्धित विषय:

  • # बादल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology