Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निरङ्कुश राजतन्त्रको प्रेतात्मा जगाउन नारायणहिटी पुगे ओली

निरङ्कुश राजतन्त्रको प्रेतात्मा जगाउन नारायणहिटी पुगे ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७७ शनिवार • ०८:३०:३७ बजे
  • 718
    SHARES
  • निरङ्कुश राजतन्त्रको प्रेतात्मा जगाउन नारायणहिटी पुगे ओली

    नेकपा प्रचण्ड-माधव समूहका नेता तथा स्थायी समिति सदस्य योगेश भट्टराईले अस्तित्व नै मेटिएको निरङकुश राजतन्त्रको प्रेतात्मा जगाउन प्रधानमन्त्री केपी शर्मा ओली नारायणहिटी पुगेको आरोप लगाएका छन् ।

    images

    संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहको आयोजनामा धादिङवेसीमा भएको विरोधसभालाई सम्वोधन गर्ने क्रममा नेता भट्टराईले यस्तो बताएका हुन् ।


    वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मण्डले शैलीमा कार्यकर्ता परिचालन गरेको र पुर्वपञ्चहरुकै शैली टिपेर नारायणहिटीमा आमसभा आयोजना गरेको उनले बताए ।


    नेकपा ओली समूहको नारायणहिटी दरवार परिसरमा आयोजित आमसभालाई लक्षित गर्दै भट्टराईले भने, ‘नारायणहिटी अगाडि जुन नाटक मन्चन भइरहेको छ केपी ओली समूहको त्यो अन्तिम नाटक हुनेछ । अहिले केपी ओलीलाई पुर्वपञ्चहरुले साथ दिइरहेका छन्, उ बेलाको मण्डले प्रवित्तिकै झल्को दिने गरी ओलीका मण्डलेहरु ओली आई लभ यू भन्दै सहर घुमिरहेका छन् । जसरी राजतन्त्र अन्त्यको साक्षी बसेको छ नारायणहिटी, त्यसरी नै ओलीको अन्त्यको पनि त्यही नारायणहिटी साक्षी बस्नेछ ।’, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology