Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोध

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दै

नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २४, २०७७ शनिवार • ११:३०:३४ बजे
  • 1.3K
    SHARES
  • नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दै

    काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्न लागेका हुन् ।

    images

    कांग्रेसले तेस्रो चरणको आन्दोलन अन्तर्गत शुभेच्छुक संस्थाहरुको सहभागितमा प्रदर्शन गर्न लागेको हो । प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिने कांग्रेसले जानकारी दिएको छ ।

    काठमाडौँमा भौतिक दूरी कायम गर्दै मौन विरोध प्रदर्शनसहित मानव साङ्लोमा टुँडिखेल घेर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । कांग्रेसले दोस्रो चरणमा कांग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।

    पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology