(फाइलः तस्बिर)
भारतमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये २२ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाविरुद्धको खोप अभियान गत जनवरी १६ बाट सुरुवात भएको थियो ।
भारतमा खोप अभियान सुरुवात भएपछि हालसम्म ५० लाखभन्दा बढीमा कोरोनाविरुद्धको खोप लगाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार अमेरिका, बेलायत र इजरायलको तुलनामा भारतमा सबैभन्दा बढीले खोप लगाएका छन्।
भारतमै निर्मित कोभ्याक्सिन र अक्सफोर्ड एस्ट्राजेनिकाको खोप कोभिसिल्ड खोपले स्वीकृति भारतमा पाएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार एक ७७ वर्षका मानिसको मृत्यु भएको छ । उनले गएको २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएका थिए । ती वृद्ध पहिले मधुमेह तथा कार्डियोजेनिक रोगबाट ग्रसित थिए ।
- बीबीसीहिन्दी