Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङको निसीखोला गाउँपालिका ३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जले

बागलुङको निसीखोला गाउँपालिका ३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जले

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २४, २०७७ शनिवार • १३:०७:१९ बजे
  • 1.9K
    SHARES
  • बागलुङको निसीखोला गाउँपालिका ३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जले

    बागलुङको निसीखोला गाउँपालिका-३ धारखर्कस्थित गोठमा आगलागी हुँदा २५ बाख्रा जलेका छन् ।

    images

    आगलागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा जलेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिनुभयो । बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आगलागी भएको पीडित विकले जानकारी दिनुभयो ।

    आगलागीले गोठ पूर्णरुपमा जलेर नष्ट भएको हो । बाख्रासँगै छ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खारानी भएको पीडित विकको भनाइ छ । शुक्रबार भएको सो आगलागीमा परी ११ बाख्रा मरेका थिए भने १४ वटा गम्भीर घाइते भएका थिए । घाइते बाख्रा पनि मर्ने अवस्थामा पुगेपछि विकले गाउँलेलाई वितरण गरेको बताउनुभयो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology