Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार रहेको अमेरिकाको सङ्केत

चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार रहेको अमेरिकाको सङ्केत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७७ आइतवार • १०:०४:३९ बजे
  • 1.2K
    SHARES
  • चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार रहेको अमेरिकाको सङ्केत

    अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्य हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्तवपूर्ण रहेको बताएका छन् ।अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको एक महिनापछि विश्व कूटनीतिबारेको पहिलो सम्बोधनका क्रममा बाइडेनले चीनसँगको सहयोगलाई सबल पार्न अमेरिका तयार भएको सङ्केत गरेका हुन् ।

    images


    विगत चार वर्षमा अमेरिकी केही कूटनीतिज्ञले चीन-अमेरिकाका लागि ‘सबैभन्दा ठूलो खतरा’ भएको ठहर गर्दै अख्तियार गरेको विदेश नीतिका कारण चीन- अमेरिकाबीचको सम्बन्धमा थप तनाव देखिएको थियो ।


    ट्रम्प प्रशासनले ल्याएको चीनविरोधी कडा धारका कारण चिनियाँ व्यवसायको विकासमा समस्या आएको समय नवनिर्वाचित नेतृत्वबाट विश्वका प्रमुख अर्थतन्त्रबीचको सहकार्यलाई दिएको महत्त्वले विश्वको अर्थतन्त्रमा समेत सुधारको आशा जगाएको छ ।

    अमेरिकीहरूले गएको चार वर्षमा चीनको केन्द्रीय हित र मुख्य चासोका मामिलामा समेत हस्तक्षेप गरेका कारण दुई देश बीचको रणनीतिक विश्वासलाई गम्भीर मोडमा पुर्याएको चीनको बुझाइ रहेको छ । अमेरिकासँग शान्तिपूर्ण सहअस्तित्व कायम राख्न चीन सधैं इच्छुक रहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology