Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतको किसान आन्दोलनप्रति विश्व चर्चित सेलिब्रिटीको चासो

भारतको किसान आन्दोलनप्रति विश्व चर्चित सेलिब्रिटीको चासो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७७ आइतवार • १२:५१:५२ बजे
  • 2.0K
    SHARES
  • भारतको किसान आन्दोलनप्रति विश्व चर्चित सेलिब्रिटीको चासो

    बीबीसी /भारतमा कृषि कानुनविरुद्ध केही समययता किसानहरुको आन्दोलन जारी छ ।उक्त आन्दोलनको समर्थनमा विश्व चर्चित सेलिब्रिटीहरुले ट्वीट गरेका छन् । सेलिब्रिटीको धारणाप्रति भारतले प्रतिक्रिया जनाएको छ ।

    images


    पपस्टार रिहाना, पर्यावरण अभियन्ता ग्रेटा थनबर्ग र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका नातेदार मीरा ह्यारिसले किसान आन्दोलनको समर्थनमा ट्वीट गरेका थिए । त्यसपछि विश्वभरको मिडियामा उक्त आन्दोलनको समाचारले प्राथमिकता पायो ।


    भारतका विदेशमन्त्री एस जयशंकरले सेलिब्रिटीका ट्वीटप्रति टिप्पणी गरेका छन् । यस विषयमा सेलिब्रिटीहरुलाई धेरै कुरा थाहा नभएको जयशंकरले बताएका हुन् ।

    केही सेलिब्रिटीले यस विषयमा धेरै कुरा थाहा नभएकोले आफ्नो धारणा सार्वजनिक गरेको उनको भनाइ छ । सोही कारण विदेश मन्त्रालयले प्रतिक्रिया जनाउनुपरेको उनले उल्लेख गरेको बीबीसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भारत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology