Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आऊँ मायाँ नयाँ कुरा गरौं

आऊँ मायाँ नयाँ कुरा गरौं

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७७ मंगलवार • १३:३९:५६ बजे
  • 3.2K
    SHARES
  • आऊँ मायाँ नयाँ कुरा गरौं


    सीता खड्का

    images

    पाइला पाइलामा ठेस लाग्छ छाम्दै छाम्दै हिँड्छु ।
    बाटो छेक्ने तगाराहरू सबै फाल्छु गिँड्छु ।।
    नसोच कोही कायर छु म रोएर थाकेर बस्छु ।
    जिन्दगीका हर विपत्तिसँग हिम्मत गर्छु भिड्छु ।।

    आऊँ मायाँ अलि नयाँ पाटोको कुरा गरौं ।
    हामी जन्मे हुर्किएको माटोको कुरा गरौं ।।
    हामी त बाटो बिराएर कता पुग्यौ कता पुग्यौ।
    भोलि हाम्रा सन्तानले हिड्ने बाटोको कुरा गरौं ।।

    आखिर एक्लै रुने राधा भएछु म।
    आधा कतै छुटेछ आधा भएछु म।।
    क्या प्यार वाह भन्ने अन्धाहरू हो म ।
    सोह्र सयमा नअट्ने वाधा भएछु म ।।

    रात बित्छ दायाँ देब्रे कोल्टे फेरेर ।
    दिन बित्छ सँधै तिम्रो बाटो हेरेर ।।
    तिम्रो अभावमा आज छटपटिदै ।
    बाँचेको छु मात्रै म त सास फेरेर ।।।

    एउटा सानो हावाको झोक्काले ।
    झरिजाने शिशिरको पात भयो हाम्रो मायाँ ।।
    एउटा कुलकुले कुलोको बाढीले ।।
    बगिजाने पानीसँगै जात भयो हाम्रो मायाँ ।
    पूर्व फाटे पनि अनि भाले बासे पनि ।।
    झनै गाढा झनै शून्य रात भयो हाम्रो मायाँ ।।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology