Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रातो पानीमा डुब्यो इन्डोनेशियाको गाउँ

रातो पानीमा डुब्यो इन्डोनेशियाको गाउँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७७ आइतवार • १२:५६:१८ बजे
  • 1.3K
    SHARES
  • रातो पानीमा डुब्यो इन्डोनेशियाको गाउँ

    बीबीसी /कपडामा रङ्ग लगाउने कारखानामा बाढी पसेपछि इन्डोनेशियाको एउटा गाउँ नै रातो पानीमा डुबेको छ।

    images

    शनिवार जाभामा रहेको जेन्ग्गट गाउँमा बाढी पस्दा सबै पानी नै रगत जस्तो देखिएको हो। सो क्षेत्र बाटीक भनिने परम्परागत कपडामा रङ्ग भर्ने कार्यको लागि प्रख्यात छ।


    सामाजिक सञ्जालमा हजारौँले रातो पानीका विभिन्न तस्बिर हालेका थिए। स्थानीय अधिकारीले यी तस्बिरहरू सही भएको पुष्टि गरेका छन्। यो रातो पानी बाटीक कारखानाका कारण भएको हो, स्थानीय अधिकारी दिमस अर्गा योधाले रोयटर्स समाचारसंस्थालाई बताए।


    वर्षाको पानीसँग मिसिएपछि केही समयपछि यो हराउँछ। सो क्षेत्रमा नदीहरूको पानी पनि बाटीक कारखानाले प्रयोग गर्ने रङ्गका कारण कहिलेकाहीँ फरक रङ्गका देखिने गरेका थिए।

    गत महिना त्यहाँको नदीमा चहकिलो हरियो रङ्गको पानी बगेको रोयटर्सले जनाएको छ। इन्डोनेशिया बाढीले धेरै प्रभावित हुने देशमध्ये हो।

  • सम्बन्धित विषय:

  • # इन्डोनेशिया
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology