Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हवाईजहाजको ल्याण्डिङ गियरमा बसेर ५१० किमीको यात्रा

हवाईजहाजको ल्याण्डिङ गियरमा बसेर ५१० किमीको यात्रा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७७ आइतवार • १३:४४:५२ बजे
  • 2.2K
    SHARES
  • हवाईजहाजको ल्याण्डिङ गियरमा बसेर ५१० किमीको यात्रा

    एजेन्सी । एक १६ बर्षीय किशोरले हवाईजहाजको ल्याण्डिङ गियरमा टाँसिएर अन्तर्राष्ट्रिय उडानको यात्रा गरेको घटना सार्वजनिक भएको छ ।

    images

    लन्डनबाट उडेको जहाज हल्याण्डको मास्ट्रिच्ट विमानस्थलमा अवतरण गरेपछि विमानस्थलका कर्मचारीहरुले जहाजको ल्याण्डिङ गियरमा एक किशोर रहेको थाहा पाएका थिए ।

    टर्किस एअरलाइन्सको एयर बस ए ३३० कार्गो फ्लाइटमा ल्याण्डिङ गियरमा टाँसिएर ति किशोरले ५१० किलोमिटरको यात्रा गरेका हुन् ।

    करिब १९ हजार फिट उचाइको अधिक चिसो तापक्रमका कारण ति किशोर हाइपोथर्मियाबाट ग्रसित भएका थिए ।

    अहिले ती किशोरको अस्पतालमा उपचार चलिरहेको छ । यो फ्लाइट केन्याबाट इस्तानबुल हुँदै लन्डन पुगेको थियो ।

    यो घटना सार्वजनिक हुनासाथ डच अधिकारीहरुले मानव तस्करी गर्न खोजिएको हो वा हैन भन्ने बारेमा छानविन सुरु गरेका छन् ।

    अधिक उचाइ, अधिक चिसो र अधिक लामो उडानका क्रममा ल्याण्डिङ गियरमा टाँसिएका ती किशोर जिउँदो भेटिएपछि ती किशोर अत्यन्तै भाग्यशाली भएको मास्ट्रिच्ट विमानस्थलका प्रवक्ताले प्रतिक्रिया दिएका छन ।

    सामान्यतया यस्ता घटनामा मानिसको मृत्यु निश्चित हुने डच न्युज एनएलले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # हवाईजहाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology