एजेन्सी । भारतीय टिभी सिरियलकी चर्चित अभिनेत्री श्वेता तिवारी पछिल्लो समय निकै चर्चामा आएकी छिन ।

कुनै टेलिसिरियल वा फिल्मका कारण श्वेताको चर्चा चुलिएको हैन । उनले पछिल्लो समय सार्वजनिक गरेको तस्विरहरुका कारण श्वेताको चर्चा बढेको हो ।

जवान छोरीकी आमा श्वेतालाई बुढेसकालले पटक्कै छोएको छैन । उमेर जति बढ्दैछ, त्यती नै जवानीको चमक पनि बढिरहेको छ ।

परफेक्ट र स्लिम फिगरका कारण सधैं फ्यानहरुको नजरमा परिरहने श्वेता तिवारी छोरी पलक तिवारी भन्दा पनि जवान देखिन्छिन ।

आकर्षक फोटो सुट गरी सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गर्न निकै रुचाउने श्वेता एकल आमा हुन ।

सन १९९८ मा राजा चौधरीसंग बिहे गरेकी श्वेताले पतिद्वारा घरेलु हिंसा भएको भन्दै सन २००७ मा सम्बन्ध बिच्छेद गरेकी थिइन ।

श्वेताले सन २०१३ जुलाई १३ मा ३ बर्षको प्रेम सम्बन्धपछि बलिउड अभिनेता अभिनव कोहलीसंग दोस्रो विहे गरिन ।

सन २०१६ नोभेम्बर २७ मा छोरा रियान्स कोहलीलाई जन्म दिइन । श्वेताको दोस्रो घरबार पनि सफल हुन सकेन ।

सन २०१९ मा श्वेताको अभिनव कोहलीसंग पनि सम्बन्ध बिच्छेद भयो । सन १९९९ बाट अभिनय यात्रा शुरु गरेकी दुई बच्चाकी आमा श्वेता तिवारी अझै पनि छोरी पलक भन्दा तरुनी देखिन्छिन ।

प्रायजसो बोल्ड र ग्ल्यामरस लुक्समा फोटो खिच्न रुचाउने अभनेत्री श्वेताको उमेर ४० बर्ष पुरा भएको छ ।
