Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

३० गते भित्र संसद विघटनको बहस सक्नु पर्छः प्रधानन्यायधीश

३० गते भित्र संसद विघटनको बहस सक्नु पर्छः प्रधानन्यायधीश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७७ आइतवार • १६:३४:३६ बजे
  • 1.6K
    SHARES
  • ३० गते भित्र संसद विघटनको बहस सक्नु पर्छः प्रधानन्यायधीश

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दाको माघ ३० गते भित्र सक्नु पर्ने बताएका छन् ।
    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सही भएको भनेर इजलाससमक्ष बहसका लागि अधिवक्ता रमेश बडाल उपस्थित भएपछि उनलाई जबराले बढीमा ३० मिनेटको समय दिएका थिए । जसप्रति बडालले आफूलाई त्यति समयले नहुने भन्दै समय बढाउनुपर्ने माग गरे ।
    प्रधानन्यायाधीश जबराले धेरै समय दिन नसकिने प्रष्ट पारे । सभामुखको तर्फबाट र सहयोगी विद्वान् (एमिकस क्युरी) हुनुहुन्छ । यो हप्ताभित्र सबैले बहस सिध्याउनुपर्छ ।प्रधानन्यायधीशले भने ।

    images

    बडालले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उपस्थित भएकाले पनि समय बढी दिनुपर्ने जोड गरेका थिए । उक्त माग अश्वीकार गर्दै प्रधानन्यायाधीशले त्यसो भन्न नपाउने भन्दै रिट निवेदकले त फेरि पनि पाउनुहुन्छ समयु भनेका थिए ।


    प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीलगायतका विपक्षीको तर्फबाट सुरुमा नै वरिष्ठ अधिवक्ता सुशील पन्तले जवाफ दिएकाले अरुलाई समयको पाबन्दी लाग्ने जानकारी दिए ।
    बहस सकिएपछि आफूहरूलाई पनि समय चाहिने भन्दै प्रधानन्यायाधीशले सबैले छोटो बहस गर्नुपर्ने बताएका हुन् । यसअघि उनले बहस नोटु का लागि धेरै समय नदिइने प्रष्ट पारेका थिए ।

    प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ । जनाको एमीकस क्युरीले बहस गर्न बाँकी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानन्यायधीश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology