सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सकिएको छ ।
नेकपाको आन्तरिक विवाद समाधानका लागि दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक सातापछि पुनः छलफल भएको हो । मंगलबार बिहान साढे ११ बजेदेखि साढे १ बजेसम्म भएको भेटवार्ता सकारात्मक भए पनि सहमतिमा भने पुग्न नसकेको एक नेताले बताए ।
प्रधानमन्त्रीसमेत रहेका ओलीसँग प्रचण्डको यसबीचमा ६ दिन संवाद भएको थिएन । गत बुधबार साँझको भेट तिक्तापूर्ण रूपमा अन्त्य भएको थियो । उक्त भेटवार्तामा अध्यक्ष प्रचण्डले एउटा पद भए पनि छाड्न गरेको आग्रह अस्वीकार गरेपछि उनीहरूबीच भेटवार्ता भएको थिएन । यसैबीचमा छलफललाई छाडेर प्रचण्ड गृह जिल्ला चितवन गएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।