Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन,समाजवादी बिधार्थीका दुई नेता घाइते

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन,समाजवादी बिधार्थीका दुई नेता घाइते

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २५, २०७७ आइतवार • १८:११:३४ बजे
  • 3.3K
    SHARES
  • पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन,समाजवादी बिधार्थीका दुई नेता घाइते

    आश तमु पोखरा - संसद बिघटनको विरुद्द जनता समाजबादी पार्टी नेपालले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

    images

    समाजबादी पार्टी नेपाल कास्कीको आयोजनामा पोखराको अमरसिह चोकमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । पुत्ला जलाउने क्रममा समाजवादी बिधार्थी युनियन तमुवान प्रदेश कमिटीका सचिव ओम प्रकाश गुरुङ र पर्वत जिल्ला सयोजक तेजेन्द्र भट्टराई घाइते भएका छन ।

    प्रहरी सँगको धक्का धक्कीमा  विधार्थी नेता गुरुङको दाहिने पाखुरामा चोट लागेको छ भने अर्का नेता भट्टराइको दाहिनेहातमा आगोले पोलेको छ ।

    दहन कार्यक्रम पछी कोणसभालाई सम्बोधन गर्दै तमुवान प्रादेशिक समितीका इन्चार्ज रुद्रा बहादुर गुरुङले केपी ओलीलाई भष्माशुरको संज्ञा दिएका छन । "बुद्द जन्मेको भुमीमा ,भगवान नै भगवान पुजिने देशमा केपी ओली भष्माशुरको रुपमा उदाएको छ " उनले भने ।

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको विरुद्द देश भरीनै लगातार बिभिन्न राजनैतिक दलहरुले संघर्ष गर्दै आइरहेका छन ।

  • सम्बन्धित विषय:

  • # पुत्ला दहन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology