Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड नेपालको बेनीमा विरोध प्रदशन : निकाय र आयोगमा गुटका कार्यकर्ता भर्ती गरेका ओलीको शक्ति देखी सक्यौ- झाक्री

प्रचण्ड नेपालको बेनीमा विरोध प्रदशन : निकाय र आयोगमा गुटका कार्यकर्ता भर्ती गरेका ओलीको शक्ति देखी सक्यौ- झाक्री

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २५, २०७७ आइतवार • १९:४९:३४ बजे
  • 1.9K
    SHARES
  • प्रचण्ड नेपालको बेनीमा विरोध प्रदशन : निकाय र आयोगमा गुटका कार्यकर्ता भर्ती गरेका ओलीको शक्ति देखी सक्यौ- झाक्री

    आश तमु पोखरा - नेकपा प्रचण्ड-नेपाल समुहले म्याग्दीमा गरेको जनसभालाई सम्बोधन गर्दै नेकपा नेत्री रामकुमारी झाक्रीले निरंकुश तवरले असबैधानिक रुपमा सबैधानिक निकाय र आयोगलाई गुटका कार्यकर्ता भर्ती गरेका प्रम ओलीको शक्ति अस्ति २३ गते देखी सक्यौ भन्दै टिपण्णी गरेकी छिन ।

    images

    beni.jpg

    अदालत सनक,आवेग र उक्साहटको साक्ष हुन नसक्ने पनि उनले बताइन। सैद्दान्तिक ,राजनैतिक र सांगठनिक आधार तय नगरी गरिएको पार्टी एकताले समस्या सिर्जना गरेको बताउदै झाक्रीले प्रचण्ड र नेपालले चुप बसेर साढे दुई बर्ष सम्म प्रधानमन्त्रीको गलत क्रियाकलापको बिरोध गर्न नसक्नु कमजोरी भएको टिपण्णी समेत गरिन ।

    सर्वोच्च अदालतमा सरकारी वकिलहरुको निरिह बहसले ओलीको शक्ति ओरालो लागेको र निर्वाचन आयोगलए ओलीले बनाएको केन्द्रीय समितीलाई मान्यता नदिनुलाई आफ्नै समुहले पार्टीको आधिकारीता समेत पाउने बताइन ।

    प्रतिनिधि सभा बिघटनको बिरोध ,संसद पुनस्थापनाको माग र सबैधानिक निकायको पधाधिकारी नियुक्ती खारेजको माग गर्दै बेनीमा आज बिरोध प्रर्दशन गरिएको थियो ।

    जिल्ला प्रशाशन कार्यालयबाट सुरु भएको विरोध र्‍याली जिल्ला समन्वय समितीको सभाहलमा पगेर सभामा परिणत भएको थियो । विरोध सभामा सहभागी हुन सदरमुकाम आसपासका साथसाथै ग्रामिण भेगबाट समेत नेता कार्यकर्ता बेनी झरेका थिए । भष्ट्रचारीलाई कारवाही सबै नागरिकलाई निशुल्क कोरोना खोप र बिकास निर्माणमा भएको ढिलासुस्ती हटाउन र महँगी नियण्त्रण जस्ता नाराहरु घन्किएका थिए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology