Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतको उत्तराखण्डमा हिमताल फुट्यो, १५० भन्दा बढी बेपत्ता भएको आशंका

भारतको उत्तराखण्डमा हिमताल फुट्यो, १५० भन्दा बढी बेपत्ता भएको आशंका

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७७ आइतवार • २०:४२:४८ बजे
  • 2.9K
    SHARES
  • भारतको उत्तराखण्डमा हिमताल फुट्यो, १५० भन्दा बढी बेपत्ता भएको आशंका

    भारतको उत्तराखण्ड राज्यमा एक हिमताल फुट्दा दर्जनौं ब्यक्ति बेपत्ता भएका छन् । हिमताल फुटेपछि गएको बाढीले बाँध फुट्दा ऋषिगंगा जनविद्युत आयोजनाको ड्याममा कार्यरत एक सय १५० भन्दा बढी ब्यक्ति बेपत्ता भएको जनाइएको छ ।

    images

    उत्तराखण्डको चमोली जिल्ला भएर बग्ने धौलीगंगा नदीमा बाढी आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त क्षेत्रबाट केही कामदारलाई उद्धार गरिएको उत्तराखण्डका प्रहरी प्रमुख अशोककुमारले बताए ।


    चमोलीदेखि हरिद्वारसम्मका नदी तटीय क्षेत्रका गाउँबाट सर्वसाधारण खाली गराइएको छ । चमोली जिल्लामा उद्धारकर्मी तथा सेना परिचालन गरिएको छ ।


    अधिकारीहरुले बाढी गएको क्षेत्र वरिपरिका ग्रामीण इलाका खाली गराएका छन् । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा बाढीले ठूलो क्षति पुर्याइएको देखिएको छ ।

  • सम्बन्धित विषय:

  • # भारत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology