Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाल टेलिकमको फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु

नेपाल टेलिकमको फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७७ सोमवार • १४:१४:५९ बजे
  • 1.4K
    SHARES
  • नेपाल टेलिकमको फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु

    नेपाल टेलिकमले फोरजी वायरलेस होम ब्रोडब्याण्ड सेवा सुरु गरेको छ। नेपाल टेलिकमले १७ औ बार्षिकोत्सवको अवसरमा वाईफाइको रुपमा फोरजी वायरलेस होम ब्रोडव्यान्ड सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीको एफटीटीएच तथा एडीएसएल सेवा नपुेको तथा वायरलेस माध्यमबाट धेरै डेटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरुले यो सेवा प्रयोग गर्न सक्नेछन्।

    images

    सीपीई (कस्टमर प्रिमिसेस इक्विपमेन्ट) प्रयोग गरी यो सेवामार्फत सस्तो दरमा फोरजी वायरलेस होम ब्रोडब्याण्ड प्रयोग गर्न सकिनेछ। सेवा सुरु गरेको बताउदै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यो सेवा मुलुकभरका लागि ल्याइएको बताए।

    यो सेवाको लागि ग्राहकले प्रति महिना नौ सय रुपैयाँमा ६० जीबी, १५०० रुपैयाँमा १२० जीबीमा ग्राहकले सेवा लिन सक्ने छ। त्यस्तै वार्षिक ९ हजार ६०० रुपैयाँमा ७२० जीबी र १६००० रुपैयाँमा १४४० जीबीमा उक्त सेवा उपलब्ध हुने बताइएको छ। १६००० रुपैयाँको प्याकेज लिँदा प्रति जीबी डेटा शुल्क ११.११ रुपैयाँमात्र पर्न आउने टेलिकमले जनाएको छ।

    हाल मुलुकको करिव ७० प्रतिशत जनसंख्यामा नेपाल टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ। कम्पनीले मुलुकको ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित 4G मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइवरमा आधारित FTTH सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा संचालनमा ल्याएको छ । । 

     

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology