Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चिन्तामा गृहमन्त्री थापा ,अदालतले बिताउँछ कि क्या हाे ?

चिन्तामा गृहमन्त्री थापा ,अदालतले बिताउँछ कि क्या हाे ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७७ सोमवार • १४:२०:३२ बजे
  • 4.4K
    SHARES
  • चिन्तामा गृहमन्त्री थापा ,अदालतले बिताउँछ कि क्या हाे ?

    गृहमन्त्रीसमेत रहेका पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’ले केही दिनअघि मन्त्री क्वार्टरमा आफ्ना केही भित्रियालाई बोलाए।आधा दर्जन नेता कार्यकर्तालाई वरिपरी राखेर बोल्न शुरू गरेका बादलले आफू ओली समूहमा लाग्नुपर्ने बाध्यताका बारेमा ब्रिफिङ गरे। ५ मिनेट जति प्रष्टीकरण दिइसकेपछि उनले फ्याट्ट भने- ‘कमरेडहरू, यता लाग्न त लागियो, तर अदालतले बिताउला जस्तो छ !’

    images

    यति भनेपछि केहीबेर सन्नाटा छायो। भेलामा पुगेका एक जिल्लास्तरीय नेताले भनिहाले, ‘सरकारी वकिलहरूले त बिजोग तर्क गरिरहेका छन्। राजाको अधिकार ओलीमा छ भनेर भन्नसमेत भ्याए।’

    जवाफमा बादलले भने, ‘त्यो तर्क मात्र हो। राजा-साजा आउने कुरा केही छैन। हामीले नारायणहिटी दरबार अघिको आमसभामा पनि प्रष्ट पारिसकेका छौं।’

    दोस्रो बरियताको नेता हुन पाइने आशा बोकेर ओली समूहमा लागेका बादलले अदालतप्रति शंका गर्नुलाई अर्थपूर्ण मानिन्छ। ओलीले आफूतिर लाग्ने पूर्व माओवादी नेताहरूलाई सबैतिर सेटिङ भइसकेको ब्रिफिङ गर्ने गरेका थिए।बादललाई अदालतप्रति शंका लाग्नु भनेको ओलीमाथिको शंका हो। उनले अहिले ओलीले आफूलाई झुक्याएको अनुभव गरिरहेका छन्।उनीनिकट मानिएका एक कार्यकर्ताले भने – ‘अहिले मन्त्रीज्यूलाई साँच्चिकै गल्ती त गरिएन भनेर फील भइरहेको छ।’

    संसारभरका अदालतहरूमा पक्ष र प्रतिपक्षका वकिलहरूले गरेको तर्कअनुसार फैसला आउने गर्छ। नेपालको सर्वोच्च अदालत पनि त्यसबाट विमुख हुन मिल्दैन। अदालत स्रोत भन्छ – ‘अदालतले हेर्ने भनेकै वकिलहरूको तर्क हो। अहिलेसम्म अदालतले कमजोर तर्क गरेका वकिलहरूको पक्षमा फैसला गरेको छैन।’

    तर एक हप्ता अघिदेखि शुरू भएको विपक्षीहरूको बहस ‘उदेक’ लाग्दो छ। सरकारी वकिलहरूले प्रधानमन्त्री ओलीसँग यसअघिका राजासँग भएको अधिकार निहित छ भन्दै तर्क गरेका छन्।
    महान्यायाधिवक्ता अग्नि खरेलले शुरूकै दिन भनेका थिए, ‘प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने अधिकार संविधानले दिएको छैन, तर म महान्यायाधिवक्ता भएकाले सरकारको प्रतिरक्षा गर्नु मेरो संवैधानिक दायित्व हो।’

    के बादलहरूले ओलीलाई छोड्न सक्लान् ?

    स्रोत भन्छ – ‘बादल मात्र होइन विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवाली जस्ता नेताहरूले पनि ओलीलाई छोड्न सक्छन्, यदि संसद पुनःस्थापना भयो भने।’ उनीहरूले डे वानदेखि ओलीलाई गलत कदम नचाल्न आग्रह गरिरहेका थिए। संसद पुनःस्थापनापछि ओलीसँग रहेका आधा सांसदले छोड्ने अनुमान बालुवाटारले लगाइसकेको छ। अहिले ओलीको हातमा ७० को हाराहारीमा निवर्तमान माननीयहरू छन् । संसद पुनःस्थापनापछि ३० देखि ३२ जना सांसदले ओलीलाई छोड्ने बालुवाटारकै आंकलन छ। त्यसो भयो भने, राष्ट्रपतिमाथि पनि महाभियोगको चट्याङ सजिलै बर्सिनेछ। नेकपा बीटमा रिपोर्ट गर्ने ओलीनिकटमै रहेका पत्रकारहरूले चिया गफमा भन्ने गरेका छन्-‘ओलीको पतन विद्रूप हुने भो ।’

    बादलको रणनीति !

    संसद पुनःस्थापनापछि बादलसँग तीन विकल्प रहनेछ। पहिलो ओलीसँगै टाँसिने। दोस्रो आत्मालोचनासहित प्रचण्ड-नेपाल पक्षमा आउने । तेस्रो कतै पनि नलाग्ने । अथवा पार्टी एकता हुनुपर्छ भन्दै वामदेव गौतमको लाइनमा आउने।

    तीनै अवस्थामा बादलको मन्त्रीपद चैट हुनेछ। यदि पार्टी विभाजनका लागि अहिलेको प्रावधानअनुसार ४० प्रतिशत नपुगे ओली लगायत सबैलाई प्रचण्ड-नेपाल पक्षले कारवाही गर्नेछ र सांसद पनि पनि चैट हुनेछ। तर ओली बाठा छन्। संसद पुनःस्थापना भएलगत्तै वा हुने थाहा भएपछि ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेछन्। बादलसँग प्रचण्ड-नेपालसँग मिल्न जाने उपाय सहज हुनेछ। तर उनको राजनीतिक करियर भने ध्वस्त भइसकेको हुनेछ।

    नारायणहिटी अगाडिको आमसभामा बादलले भनेका थिए- ‘अब देश तेस्रो जनआन्दोलनमा जानेछ।’ उनले झुक्किएर या प्रचण्ड-नेपाल समूहमा गएर भाषण गर्नका लागि तयार पारिएको चिर्कटो पढेका होइनन्। उनले अदालतले संसद पुनःस्थापना गरिदियो भने आफू सडकमै आइन्छ भन्ने सोचेर भाषण गरेका हुन्। गृहमन्त्री आफैं छन्, तेस्रो जनान्दोलनको आवश्यकता उनले अहिले परिकल्पना पनि गर्न नसक्ने कुरा हो। ज्योति न्यूजबाट

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # गृहमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology