Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा ओली समूहमा खटपट शुरु

नेकपा ओली समूहमा खटपट शुरु,बादल समूहद्वारा युवा भेला बहिष्कार

नेकपा ओली समूहमा खटपट शुरु,बादल समूहद्वारा युवा भेला बहिष्कार

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २७, २०७७ मंगलवार • ०८:०९:०७ बजे
  • 2.3K
    SHARES
  • नेकपा ओली समूहमा खटपट शुरु,बादल समूहद्वारा युवा भेला बहिष्कार

    काठमाडौं । निर्वाचन आयोगमा वैधानिकता विवाद चलिरहेकै बेला छुट्टै संगठन संरचना तयार गरिरहेको नेकपा ओली समूहमा खटपट शुरु भएको छ ।

    images

    नयाँ नेतृत्व चयन गर्ने गरी आइतबारदेखि शुरु भएको राष्ट्रिय युवा संघको राष्ट्रिय भेला रामबहादुर थापा बादल समूहका नेताहरुले बहिष्कार गरेका छन् । नेकपा विभाजन हुँदा केपी ओलीतिर लागेका बादलको युवा संघमा ५६ जना रहेको नेता सबित ढुंगानाले बताए ।

    ‘निषेध गरेर जान खोजिएपछि हामी भेलामै गएनौं । त्यो भेला गुटको हो भन्ने उहाँहरुले प्रमाणित गर्नुभयो’ ढुंगानाले भने । बादल निकट वीरु तामाङको नेतृत्वमा भेला बहिष्कार गरिएको छ । तामाङ तत्कालीन वाईसीएलका उपाध्यक्ष थिए भने ढुंगाना सचिव थिए । ‘३३५ जनाको कमिटीमा ८१ जनाले गरेको निर्णय अवैध हो ।

    एक तिहाइले नयाँ नेतृत्व चयन गर्ने भन्ने नै हुँदैन’, ढुंगानाले अनलाइनखबरसँग भने । एमाले र माओवादी एकतापछि युवा संघमा ३३५ सदस्यीय कमिटी बनेको थियो । सहसंयोजक रमेश पौडेलको नेतृत्वमा भएको भेलामा ८१ जना मात्र सहभागी रहेको ढुंगानाले बताए ।

    बादल निकटहरुले बहिष्कार गरेपनि भेलाले नेतृत्व चयन प्रक्रिया भने अगाडि बढाएको छ । एक नेताका अनुसार आइतबार नै सहसंयोजक पौडेललाई संयोजक घोषणा गरिएको थियो । तर त्यसमा सबै एकमत नभएपछि नयाँ संयोजक तोक्नेगरी छलफल भइरहेको छ । पौडेलले आफूले छोड्दा बचन सिंहलाई संयोजक बनाउनुपर्ने अडान लिएका छन् । ‘मैले संयोजक छोड्दा बचन सिंहलाई अगाडि बढाउँछु’, पौडेलले भने ।

    इन्चार्ज महेश बस्नेतले भने नयाँ संयोजक किरण पौडेललाई बनाउन चाहेका छन् । सोमबार दिनभर भएको छलफलपछि बहुपदीय संरचनामा जाने सम्भावना बढेको प्रभातविक्रम कट्वालले बताए । तर बहुपदीय संरचनामा जाँदा पनि विवाद हल हुने सम्भावना कम रहेको एक नेताले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology