जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको वचन/कर्मले सीमा नाघेकाे बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएपछि नेता भट्टराईले यस्ताे टिप्पणी गर्नुभएको हाे ।
भानुजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएकाे थियाे ।
डा. भट्टराईले प्रधानमन्त्री ओलीका वचन र कर्मले सीमा नाघेको बताउनुहुँदै अब उहाँलाई छाडा छोड्नु खतरनाक हुने टिप्पणी गर्नुभएकाे छ । संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा प्रधानमन्त्रीका चिन्तनप्रणाली स्वस्थ नदेखिएको पनि नेता भट्टराईले बताउनुभएकाे छ ।
