Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

१६.१३ प्रतिशतले बढ्यो शिवम सिमेन्ट्सको नाफा

१६.१३ प्रतिशतले बढ्यो शिवम सिमेन्ट्सको नाफा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७७ मंगलवार • ११:३०:०२ बजे
  • 1.3K
    SHARES
  • १६.१३ प्रतिशतले बढ्यो शिवम सिमेन्ट्सको नाफा

    चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा शिवम सिमेन्ट्सको खुद नाफा १६‍.१३ प्रतिशतले बढेर ५८ करोड ९६ लाख ७२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५० करोड ७७ लाख ५१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो। पुस मसान्तसम्म आइपुग्दा सिमेन्ट बिक्रीबाट हुने आम्दानी भने ९.३६ प्रतिशलले घटेर ४ अर्ब २५ करोड ५९ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ।

    images

    अघिल्लो वर्ष सिमेन्ट बिक्रीबाट कम्पनीले ४ अर्ब ६९ करोड ५६ लाख १ हजार रुपैयाँ कमाएको थियो। अन्य स्रोतबाट हुने आम्दानी भने १६५.३० प्रतिशतले बढेर ३ करोड ४८ लाख ४८ हजार रुपैयाँ पुगेको छ। यसले पनि नाफा बढ्न सहयोग पुगेको देखिन्छ। अघिल्लो वर्ष यसले अन्य स्रोतबाट १ करोड ३१ लाख ३५ हजार आम्दानी गरेको थियो।

    कम्पनीले महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण केही समय उद्योग सञ्चालन तथा कारोबार प्रभावित भएपनि अहिले भने संस्थाको कारोबार सन्तोषजनक रहेको जनाएको छ। हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। सेयर प्रिमियम शीर्षकमा ९५ करोड ६२ लाख रुपैयाँ छ।

    यसैगरी, कम्पनीको अन्य इक्विटीमा ३ अर्ब ६१ करोड रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८० पैसा (वार्षिक) रहेको शिवमको प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा छ। शिवमले सहायक कम्पनीहरुमा ३ अर्ब ६६ करोड ५७ लाख रुपैयाँ लगानी गरेको छ। शिवमको होङसी सिमेन्टमा लगानी छ। पुस मसान्तसम्ममा कम्पनीले ४ अर्ब २९ करोड ८ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। जसमध्ये बिक्री आम्दानी ४ अर्ब २५ करोड ५९ लाख रुपैयाँ रहेको छ भने अन्य आम्दानी ३ करोड ४८ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले बिक्रीबाट ४ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ र अन्यबाट १ करोड ३१ लाख रुपैयाँ गरी कुल ४ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ।

    समीक्षा अवधिमा कम्पनीको कुल खर्च ४ अर्ब १० करोड ११ लाख रुपैयाँबाट घटेर ३ अर्ब ५८ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ। ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ३ अर्ब ६१ करोड २१ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी र शेयर प्रिमियम त्यति नै हुँदा अन्य इक्विटी ३ अर्ब ४१ करोड रुपैयाँ थियो।

    सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०३ रुपैयाँ ८३ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर कुल सम्पत्तीको मूल्य २८६ रुपैयाँ ४४ पैसा रहेको छ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology