Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

फक्रन नपाउँदै चुँडिने फुल किन फुलायौ ?

फक्रन नपाउँदै चुँडिने फुल किन फुलायौ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७७ मंगलवार • १८:५१:१७ बजे
  • 2.2K
    SHARES
  • फक्रन नपाउँदै चुँडिने फुल किन फुलायौ ?

    रामचन्द्र तिम्सिना 
      (आवाज)

    images

    फक्रन नपाउँदै चुँडिने फुल फुलायौ किन ? 

    छोरो नै चाहिने यो पुरुषवादी समाजले
    भ्रुण पहिचान गरेर 
    लामो निस्कर्ष र कठिन संघर्ष पश्चात्
    गर्वबाट बल्ल 
    धर्ती देख्छिन छोरिहरुले।
    भन्थे मान्छेहरुले 
    छोरी भएर जन्मिन कहाँ सजिलो छ र ?

    अपवादमा बाहेक
    खान र लाउनमा 
    अनि
    पढ्न र बढ्नमा समेत विभेदको सामना गर्दै हुर्किन्छिन छोरिहरु।
    उहीँ तिम्रो रगतको डल्लो
    सन्तान एकै होईन र आमा ?

    आफ्नै घरमा त भेदभाव हुन्छ भने
    परायाले पुज्छन भन्ने के आश गर्नु
    आफ्नै मिहेनत र पौरखले हुर्किनु पर्छ छोरिहरु
    बाबा 
    पिण्ड दिने छोराहरु मात्र तपाईंको सन्तान हो र ?

    छिद्रबाट हवास मात्र चिहाई रहने समाज छ
    सामिप्यमा सहवास मात्र खोजिरहने सोच छ
    प्रेममा सम्भोग मात्र पर्खिरहने कु-दृस्ठिबाट 
    बचाउनु छ आफुलाई।
    बाबा
    मान्छेहरुको मनस्थिति फेर्न सकिँदैन र ?

    मलाई पनि पुतली जस्तै
    उड्न मन छ ।
    जुनकिरी झैं
    बल्न मन छ ।
    कोईली झैं
    गाउन मन छ ।
    मयुर झै
    नाँच्न मन छ ।
    आमा
    हामी छोरिहरुको रहर हुँदैन र ?

    मेलापात र वनजंगलमा जोगिनु छ शिकारीबाट ।
    स्कुल र कलेजमा बच्नु छ 
    गिद्दे दृस्ठिबाट ।
    आमा
    फक्रन नपाउँदै चुँडिने फुल
    फुलायौ किन ?

     

  • सम्बन्धित विषय:

  • # कविता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology