Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड-नेपाल समूहले अन्तराष्ट्रिय समुदायको समर्थन माग्यो

प्रचण्ड-नेपाल समूहले अन्तराष्ट्रिय समुदायको समर्थन माग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७७ मंगलवार • १८:५८:५० बजे
  • 1.0K
    SHARES
  • प्रचण्ड-नेपाल समूहले अन्तराष्ट्रिय समुदायको समर्थन माग्यो

    नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपालमा ठूलो राजनीतिक भुमरीमा फस्ने बताएका छन् । नेपालबाट अन्तराष्ट्रिय संञ्चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरुसंग मंगलबार काठमाण्डौमा भएको भेटमा अध्यक्ष दाहालले बाहिर सुन्नमा आएजस्तै सेटिङ अनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनीतिक भुमरीमा फस्ने चेतावनी दिएका हुन् ।

    images

    यद्यपी आफुहरु संविधानको अक्षर र भावना अनुसार नै न्यायलयबाट निर्णय आउने विश्वस्त रहेको उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले संविधान भन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ जस्तो नलागेको उल्लेख गर्दै उनले त्यसो भयो भने आफुहरुले गम्क्भीर रुपमा विचार गर्नुपर्ने अवस्था श्रृना हुने बताए । उनले असंबैधानिक र अलोकतान्त्रिक कदम अनुसारको निर्वाचन पनि अलोकतान्त्रिक र असंबैधानिक नै हुने तर्क गरे । उनले भने “ यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वच्छेचारी कदमलाई सदर गरियो भने देश निकै ठूलो राजनीतिक भूमरिमा नेपाल पर्छ ।संवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिईसकेपछि त्यसको मातहतमा आयोजना हुने निर्वाचन पनि असंबैधानिक र अबैधानिक नै हुन्छ । यदि प्रधानमन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जे भन्यो त्यही मान्ने मान्छे ठान्नुभएको छ भने निकै ठूलो भ्रम हो भन्ने हाम्रो भनाई छ । यदि सेटिङ नै भए जसरी निर्णय भयो भने हामी गम्भीर ढंगले सोच्छौ । त्यो निर्वाचनलाई हामी सहज ढंगले लिन सक्ने स्थिति हुदैन । नैतिक रुपले अनि राजनीतिक रुपमा निकै ठूलो प्रश्न खडा हुन्छ । हामी निर्वाचन विरोधी होइनौ र हुनक्तैनौ तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबरजस्ती भनियो भने त्यो अबैधानिक, असंबैधानिक र अलोकतान्त्रिक निर्वाचनका बारेमा हामीले गम्भीर रुपमा विचार गर्नुपर्ने नै हुन्छ । ”

     


    अध्यक्ष दाहालले प्रधानमन्त्री ओली आफैले प्रतिगमन गरेर आफै प्रतिगमनका विरुद्ध सभा आयोजना गर्नु आश्र्यजनक रहेको टिप्पणी गरे । उनले सरकारको संविधान विरोधी कदम विरुद्ध आफूहरु संघर्षमा लाग्नु स्वभाविक भएपनि सरकारपक्षले नै सभा गरेर तेश्रो जनआन्दोलन सुरुभयो भन्नु लोकतन्त्र विरुद्धको उपहास भएको बताए । उनले प्रधानमन्त्री ओलीले राज्यशक्तिको दुरुपयोग र प्रतिष्पर्धामा उत्रिएको दाबी गरे ।

    उनले भने “प्रधानमन्त्री आफैले सभा गर्ने र ती सभाबाट तेश्रो जनआन्दोलन सुरु भयो भनेर प्रधानमन्त्री नजिकका मान्छेहरुले सभामा बोल्ने, प्रतिगमन विरोधी तेश्रो जनआन्दोलन भन्ने । यो अनौठो कुरा नेपालमा देखियो । सायद पहिलो पटक देखियो प्रधानमन्त्री आफै विरोधमा उत्रने । केको विरोधमा हो ? यो अनौठो, अस्वभाविक छ । यो लोकतन्त्र विरुद्धको उपहास जस्तो लाग्छ । एउटा प्रहसन जस्तो लाग्छ । हामी प्रतिष्पर्धामा होइनौ । छटपटिएको चाही प्रधानमन्त्री हो । उहाँ आत्तिनुभएको छ । अहिले उहाँ विक्षिप्त भएको जस्तो हामीले महसुस गरेका छौ । ”

    प्रधानमन्त्रीले निरंकुश ढंगले आफ्नो शासन अवधी लम्ब्याउन खोजेको र त्यो पूरा नहुने ठोकुवा गरे । उनले मुलुकमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तराष्ट्रिय समुदायसंग समर्थनका लागि अपिल पनि गरिएको जानकारी दिए । उनले भने “यसबीचमा हाम्रो अलग अलग सबैसंग कुरा भईरहेको छ । भारतसंग,चीनसंग, अमेरिकासंग, युरोपियनहरुसंग पनि कुरा भईरहेको छ र हामीले सार्वजनिक अपिल पनि गरेका छौ अन्तराष्ट्रि समुदायलाई, नेपालमा लोकतन्त्रको हत्या भईरहेको छ लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन नेपाली जनतालाई चाहियो भनेर औपचारिक अपिल गरेका छौ । अलग अलग भेटेर कुरा पनि गरेका छौ । ”

    उनले आवश्यकता अनुसार सामुहिक भेटघाटको पनि आयोजना गर्न सकिने संकेत गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology