पोखरा- नेपाल प्रहरीले चितवनका प्रहरी प्रमुखसहित ७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।
मंगलबार प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवाको निर्णय गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा गरिएको छ ।
जिप्रका चितवनमा एसपी ओमप्रसाद अधिकारीलाई पठाइएको छ । उनी जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए ।
यस्तै दिपशम्शेर जबरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण, रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गठन नं. २, भोलाबहादुर रावललाई काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, किसान सिंह थापालाई नेपाल प्रहरी पहरा गण र विकासराज खनाललाई काठमाडौं उपत्यका प्रहरी शिक्षालय सरुवा गरिएको छ ।