Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आयोगलाई ओलीले भने-पहिलो अध्यक्ष हुँ, मेरो एकल हस्ताक्षर मान्य हुन्छ,बहुमत अल्पमत मान्दिन

आयोगलाई ओलीले भने-पहिलो अध्यक्ष हुँ, मेरो एकल हस्ताक्षर मान्य हुन्छ,बहुमत अल्पमत मान्दिन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७७ बुधवार • १०:३०:४८ बजे
  • 1.8K
    SHARES
  • आयोगलाई ओलीले भने-पहिलो अध्यक्ष हुँ, मेरो एकल हस्ताक्षर मान्य हुन्छ,बहुमत अल्पमत मान्दिन

    प्रधानमन्‍त्री केपी शर्मा ओलीले निर्वाचनको समयमा दलभित्रको विवादमा प्रवेश गर्न नहुने बताएका छन्। निर्वाचनको तयारी बुझ्न मंगलबार आयोग पुगेका ओलीले आयुक्तहरूसँग यस्तो बताएका हुन्।

    images

    प्रधानमन्त्री ओलीले आफूले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर आयोगमा गरे। छलफलका क्रममा २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले आयोगले जेठ २३ गते नै यससम्बन्धी सूचना जारी गरेको स्मरणसमेत गराएका थिए।


    ‘म एउटै दलको संसदीय दलको नेताका हैसियतले प्रधानमन्‍त्री भएको थिएँ। पुस ५ गते मेरो सिफारिसमा प्रतिनिधिसभा विघटन हुँदासम्म मेरो त्यो हैसियत कायमै थियो,’ ओलीले आयोगका पदाधिकारीसँग भने, ‘पहिलो अध्यक्ष हुँ। मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन। बहुमत अल्पमत मान्दिन,केही मान्छे बाहिरिएको हो। अहिले आएर विवाद गर्न मिल्दैन।’


    प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे आयोगलाई जानकारी गराएका थिए ।, आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology