Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल र नेपाल समूहको शक्ति प्रदर्शन सुरु

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल र नेपाल समूहको शक्ति प्रदर्शन सुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २८, २०७७ बुधवार • १३:३६:०५ बजे
  • 565
    SHARES
  • प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल र नेपाल समूहको शक्ति प्रदर्शन सुरु

    काठमाडौँ : प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको शक्ति प्रदर्शन सुरु भएको छ । दाहाल-नेपाल समूहले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सभा गरेको हो ।

    images

    प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको थियो । सो समूहको केन्द्रीय संघर्ष समितिले जारी गरेको विज्ञप्तिअनुसार पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालेको छ । पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेता प्रमेश हमाल तथा संघ-प्रदेशका सांसदले गरेका थिए ।

    त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गरेका थिए । माइतीघरमा नेता अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीय कमिटीका सदस्य, सम्बन्धित प्रदेश कमिटी, सङ्घ तथा प्रदेशका सांसदले नेतृत्व गरेका छन् ।

    केशरमहलबाट निस्कने जुलुसको नेतृत्व देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्य, सम्बन्धित प्रदेश कमिटीका सदस्यले गरेका छन् । जमलबाट निकाल्ने जुलुसमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्य, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्य, पेशागत संगठन हेर्ने केन्द्रीय सदस्यले गरेको केन्द्रीय संघर्ष समितिले जनाएको छ । यसअघि यही माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले बृहत् आमसभा गरेको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology