Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड-माधव समूहको विरोध जुलुस (तस्बिरसहित)

प्रचण्ड-माधव समूहको विरोध जुलुस (तस्बिरसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७७ बुधवार • १३:३७:०३ बजे
  • 1.4K
    SHARES
  • प्रचण्ड-माधव समूहको विरोध जुलुस (तस्बिरसहित)

    नेपाल कम्युनिस्ट पार्टी, नेकपा प्रचण्ड-माधव समूहको जुलुस विभिन्न स्थानबाट निकालिएको छ ।माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् ।

    images

    अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ ।

    विरोधसभामा सहभागी गराउन प्रचण्ड-माधव समूहले बिभिन्न जिल्लाबाटसमेत कार्यकर्ता तथा समर्थकहरुलाई काठमाडौंमा उतारेको छ । सो समूहको जुलुस तथा विरोधसभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

    संसद विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले यो विरोधसभालाई निर्णायक भनेको छ । यसअघि प्रचण्ड-माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology