Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विरोध सभा

ओलीले पशुपतिनाथको मन्त्र जप्न थाले पनी पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् - नेपाल

ओलीले पशुपतिनाथको मन्त्र जप्न थाले पनी पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् - नेपाल

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

माघ २८, २०७७ बुधवार • १६:२८:१३ बजे
  • 1.8K
    SHARES
  • ओलीले पशुपतिनाथको मन्त्र जप्न थाले पनी पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् - नेपाल

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको पाप पशुपतिमा बत्ती बालेर नपखालिने बताएका छन्।

    images

    बुधबार नेकपा प्रचण्ड नेपाल समूहले गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

    आम जनताले भन्दै छन् केपी ओलीलाई धिक्कार छ। पशुपतिनाथले पनि भन्दै होलान् केपी ओलीलाई धिक्कार छ नेपालले भने, उनको पाप बत्ती बालेर कसैले पनि धोइपखाली गर्न सक्दैनन्।

    अहिले केपी ओली पशुपतिनाथ गएर मन्त्र जप्न थालेको तर पशुपतिनाथले माफी नदिने उनको भनाइ छ। केपी ओली पशुपतिनाथको मन्त्र जप्न थाल्नु भएको छ। तर, पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन्, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने,संविधान मिच्नेलाई, लोकतन्त्रको हत्या गर्ने हत्यारालाई कसैले माफ दिन सक्दैन।

    नेता नेपालले केपी ओलीले पहिलो अध्यक्ष हुँ भनेर हुँदै नभएको दाबी गरेको आरोप लगाएका छन्। उनले ओलीलाई गुटको कि बालकोटको पहिलो अध्यक्ष भन्दै प्रश्नसमेत गरेका छन्।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology