Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न आउँदैनः नेतृ झाँक्री

अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न आउँदैनः नेतृ झाँक्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७७ बुधवार • १६:२८:५१ बजे
  • 2.0K
    SHARES
  • अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न आउँदैनः नेतृ झाँक्री

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चिरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने बताएकी छन् ।

    images

    अहिलेको व्यवस्थामा संविधान र कानुनी राज्यको खिलापमा, सेटिङ र बन्द कोठाभित्र भएका अध्यारा षडयन्त्रका विरुद्ध बोल्न पाइने उनको भनाई छ । नागरिकले बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने उनले बताइन् ।

    बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्दै नेतृ झाँक्रिले संविधानको चिरहण गर्नेहरुका विरुद्ध र सर्वसत्तावादको विरुद्ध बोल्न पाइने बताएकी हुन् ।

    नेतृ झाँक्रिले आफुले राष्ट्रपति संस्था शिर माथिको संस्था भएकोले राष्ट्रपति संस्था विरुद्ध बोल्ने दुस्साहस नगरेको स्पष्ट पारिन् । उनले प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्टजस्तै प्रधानमन्त्री अथवा मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहि छाप गरी निरंकुशताको साक्षि बस्छ भने त्यस्तो पात्रको विरुद्ध बोल्न पाईने उनको भनाई छ ।

    उनले एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् । नेतृ झाँक्रिले अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् ।

    उनले सर्वोच्च अदालतले कानुनसम्मत्, संविधानसम्मत् फैसला गर्नेमा विश्वास व्यक्त गरिन् । अदालत प्रतिको विश्वास डग्मगायो भने राज्यको शक्ति पृथकिकरणको सिद्धान्तको आधारमा बनेको संस्थाको औचित्य समाप्त हुने उनको भनाई छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology