प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते नारायणहिटी दरबारअगाडिबाट दिएको चुनौतीको जवाफ प्रचण्डले बुधवार भृकुटीमण्डपबाट दिएका छन् ।
आजको विरोध सभामा ५ लाख उपस्थिति रहेको दाबी गर्दै प्रचण्डले भने'केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ?'
उनले आवश्यक परे जनताले बालुवाटार र सिंहदरबार पनि घेर्ने बताए ।
'हेर्नुहोला केही दिनपछि सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौंलाख जनता आउने छन् । जरुरी पर्यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा हामी आयोजना गर्नेछौं,' प्रचण्डले भने ।
प्रचण्डले संविधान र लोकतन्त्रको पक्षमा सर्वोच्च अदालतबाट फैसला आएन भने आँधीहुरी आउने र त्यसलाई कसैले थाम्न नसक्ने चेतावनी दिएका छन्।
उनले आजको विशाल जनताको उपस्थितिले पनि सम्मानित अदालतका न्यायाधीशहरुले जनता के चाहन्छन् भन्ने बुझिसकेको हुनुपर्ने बताए।
लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरुले पनि देख्नुभएको छ आज उनले भने यो हेर्दा ढिलो नगरी संविधान र लोकतन्त्रका पक्षमा फैसला दिनुहुन्छ।
संविधानको मर्म र भावनाविपरीत तथा जनताको मानमर्दन केही काम गरियो भने त्यो दुर्भाग्यपूर्ण हुने उनको चेतावनी छ।
प्रतिगमन सच्चिएन भने केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्न जनता आउने भन्दै उनले सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा आयोजना गरिने बताए।