Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लक्ष्मी बैंकको १२६ औँ शाखा सर्लाहीको मलंगवामा विस्तार,भिडियो प्रतियोगिताको नतिजा प्रकाशित

लक्ष्मी बैंकको १२६ औँ शाखा सर्लाहीको मलंगवामा विस्तार,भिडियो प्रतियोगिताको नतिजा प्रकाशित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७७ बुधवार • १७:५०:२६ बजे
  • 1.7K
    SHARES
  • लक्ष्मी बैंकको १२६ औँ शाखा सर्लाहीको मलंगवामा विस्तार,भिडियो प्रतियोगिताको नतिजा प्रकाशित

    लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२६औँ शाखा सर्लाही जिल्लाको मलंगवामा संचालनमा ल्याएको छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

    images

    यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२६ शाखा, ६ एक्सेन्शन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

    यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको

    छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

    यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

    लक्ष्मी बैंकको 'माई मोबाईल मनि' भिडियो प्रतियोगिताको नतिजा प्रकाशित्

    winner-announcement static post.jpg

    लक्ष्मी बैंकले आयोजना गरेको 'माई मोबाईल मनि'  भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ ।

    एक नौलो र फरक प्रकारको यो प्रतियोगिता लक्ष्मी बैंकको दोस्रो crowdsourcing प्रतियोगिता हो । यस अघि बैंकले 'माई कार्ड आइडिया' नामक प्रतियोगिता आयोजना गरेको थियो जसमा सहभागी हरुले बैंकको डेबिट कार्डको लागी विभिन्न प्रकारका डिजाइन पेश गर्नु गरी विजयी भएको डिजाइन हाल पनि लक्ष्मी बैंकका डेबिट कार्ड हरुमा प्रयोग हुँदै आएको छ ।

    'माई मोबाईल मनि' प्रतियोगितामा भने ५ वटा विभिन्न शिर्षकमा रहेको र सहभागी हरुले प्रत्येक शिर्षकमा ३ मिनट सम्मको १-१ गरी कुल ५ वटा सम्म भिडियो पठाउन सक्ने नियम रहेको थियो । यस व्यवस्था अन्तर्गत सहभागिहरुले प्रत्येक शिर्षकमा रु. ५०,००० गरी कूल रु. २,५०,००० सम्म जित्ने अवसर रहेको थियो । सो प्रतियोगितामा विभिन्न क्षेत्रहरु बाट ४५० भन्दा बढी रेजिस्ट्रेसन मार्फत उत्साहजनक सहभागिता रहेको थियो । साथै पहिलो शिर्षकमा भने २ भिडियोहरु बिच बराबर भई २ वटै भिडियो बिजेता भएका छन् ।

    प्रतियोगितामा प्राप्त भिडियोहरुबाट रचनात्मक्ता तथा कथावस्तु, कार्यन्वयन, र प्रासङ्गिक्ता का आधारमा विजयी भिडियोको निर्णय लिइएको थियो ।

    यस प्रतियोगिताका विजेताहरु यस प्रकार छन्:

    १. बिल भुक्तानी १:
    लकेश दंगल, विराटनगर /  मन्दिप बखुन्छे, भक्तपुर

    २. बिल भुक्तानी २:
    विकास त्रपाठी, पोखरा

    ३. कार्ड सेवा:
    सन्तोश शाक्य, काठमाडौं

    ४. कार्ड रहित नगद निस्काषन:
    भुवन तिवारी, भरतपुर

    ५. नगद ट्रान्स्फर:
    छेवाङ गुरुङ, मुस्ताङ

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # लक्ष्मी बैंक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology