Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीले नेपालमा फाँसिवादको अभ्यास गरेः नारायणकाजी श्रेष्ठ

ओलीले नेपालमा फाँसिवादको अभ्यास गरेः नारायणकाजी श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७७ बुधवार • १८:४४:४१ बजे
  • 1.4K
    SHARES
  • ओलीले नेपालमा फाँसिवादको अभ्यास गरेः नारायणकाजी श्रेष्ठ

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फाँसिवादको अभ्यास गरिरहेको बताए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षले बुधबार काठमाडौँमा आयोजना गरेको बिरोध सभामा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले नेपालमा फाँसिवादको अभ्यास गरिरहेको बताएका हुन् ।

    images


    प्रधानमन्त्री ओलीले बिकासको नारा दिएर, संविधान र लोकतन्त्रलाई उपहास गरेर, संविधानलाई औपचारिक रुपमा खारेज नगरीकन संविधानको धारा र अक्षरहरुमा कालोमसी पोतेर, लोकतन्त्रको हत्या गरेर फाँसिवादको अभ्यास गरेको उनको भनाई छ । प्रवक्ता श्रेष्ठले कुनैपनि हालतमा फाँसिवाद नसहने भन्दै फाँसिवादलाई परास्त गर्ने बताए ।


    प्रवक्ता श्रेष्ठले लोकतन्त्रवादीहरु चुनावको पक्षमा भएपनि संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने संविधान विरोधी चुनाव आफुहरुलाई नचाहिएको बताए । लोकतन्त्रलाई प्रभावकारी बनाउन, लोकतन्त्रलाई सुदृढ तथा कार्यकारी बनाउन चुनाव चाहिने उनको भनाई छ । लोकतन्त्रको ध्वसं गर्ने तथा लोकतन्त्रको हत्या गर्ने चुनाव प्रतिगमनविरोधी आन्दोलन सफल बनाएर खारेज गर्ने उनको भनाई छ ।

    प्रवक्ता श्रेष्ठले प्रतिगमन विरुद्ध संयुक्त संघर्ष गर्न पहलकदमी गरिरहेको भएपनि त्यसो हुन नसकेको बताए । तर केपी ओलीको गुटबाहेक सबै आन्दोलनमा रहेको उनको भनाई छ । आन्दोलनले संसद पुर्नस्थापना गर्ने कुरा सुनिश्चित भएको उनले दाबी गरे । उनले पार्टीले जनाएका प्रतिबद्धताहरु केपी ओलीकोे निरंकुश, स्वेच्छाचारीताको कारणले समृद्धिको सपना पूरा गर्न नसकेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology