Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सेटिङमा भ्रष्टाचार........

सेटिङमा भ्रष्टाचार........

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७७ बुधवार • १९:३८:२९ बजे
  • 2.5K
    SHARES
  • सेटिङमा भ्रष्टाचार........

    रामचन्द्र तिम्सिना 
      (आवाज)

    images

    अस्ति जस्तै लाग्छ
    उहाँले भन्नु भएको कुरो
    गर्नु भएको भाषण 
    म आफू भ्रष्टाचार गर्दिन
    अरुलाई पनि गर्न दिन्न ।
    अझ उहाँले त 
    वाहवाहि बटुल्दै यो पनि भन्नुहुन्थ्यो 
    भ्रष्टाचारिको मुख पनि हेर्दिन।

    हिजोको प्रमुख हेडलाईन समाचार हेरें
    उहाँको भाषण सम्झिए
    अनि
    धुरुधुरु रोए ।
    नेपाल त एसिया मै भ्रष्ट मुलुक पो बन्यो अरे।

    हुन पनि हो

    १ करोडको हावाघर जस्तो नाचघर
    ७० लाखको १ किलोमीटर गोरेटोबाटो
    ५० लाखको एककोठे ट्वाईलेट
    २० लाखको दुई सिंढि चौतारो
    अनि
    १० लाखको एकसिंगे धारो ।

    कति लाजमर्दो छ है ?

    देखिएका यी
    लेखिएका यी
    देख्न र लेख्न बाँकी कति होलान ?
    स्थानीय तहमा 
    बेरुजुको ठेली छन् अरे
    रक्सी र मासुमा
    कति उडेका होलान् ।
    भ्रष्टाचार कति भएका होलान् ?
    १% देखि १५% सम्म कमिसनमा 
    बार्गेनिङ हुन्छन अरे ।

    मन कुडिन्छ र भक्कानिन्छ मुटु
    तर गार्हो छ
    बोल्दा ज्यान मार्ने धम्की आउँछ
    लेख्दा कलम खोसिन्छ र मात्रै हो।

    माथी देखि तल सम्म
    नेता देखि हाकिम सम्म
    अध्यक्ष देखि कार्यकर्ता सम्म
    सत्तपक्ष देखि प्रतिपक्षी सम्म
    टोले डन देखि झोले डन सम्म
    आँखामा पट्टि बांधेर कतिन्जेल बस्नु
    सेटिङ मिलाई मिलाई
    कमिसन बुझेका हुन्छन् अरे ।

    स्थानीय सरकारको बिकास
    ग्रामीण सडकमा मात्रै किन पारिन्छ ?
    उपभोक्ता समिति र ठेक्का सम्झौता कमिसनमा तोकिन्छ अरे
    आफ्नै डोजरमा पनि 
    मिलाई मिलाई कमिसन खोजिन्छ अरे।

    जवाफ कस्ले दिने ?

    उहाँको भ्यु टावरबाट भ्रष्टाचार देखिदैन
    देखिए पनि रोकिदैन
    उहाँको एक्सन रुमबाट एक्सन लिईदैन अरे ।
    किन हो थाहा छैन मलाई 
    अस्ति एउटा साथिले कानमा सुटुक्क भनेको
    सबै सेटिङ्गमा मिलेका हुन्छन् अरे।

    ४ महिना देखि जुम्ल्याहा रेल
    घुम्टो ओढेर सुतेकी छिन।
    रेल बिभाग र
    पानीजहाज बिभागमा भर्ती चलेकै छ
    आसेपासे भरेकै छ।
    कर्मचारीले तलब थापेकै छन् अरे ।

    गरिब सर्वहारा उहीँ त होनि हजुर

    ४६ हजार रास्ट्रीय ॠण थाप्लोमा बोकेर।
    कोहि अरबको बालुवामा घिसारिएको छ अरे
    कोहि मलेसियाको जंगलमा पसारिएको छ अरे ।

     

  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology