प्रचण्ड नेपाल समुहकी नेतृ राम कुमारी झाक्रीलाई प्रहरीले सोधपुछको लागी भन्दै बोलाएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख दिपक थापाले सोधपुक्षका लागी बोलाएको स्वीकार गरेका छन । यता झाक्रींले भने आफुलाई कसैले फोन पनी नगरेको र नबोलाएको भन्दै नजाने बताएकी छन ।
केही समय अघि गोरखामा भएको कार्यक्रममा सम्बोधन गर्दै झाक्रींले राष्ट्रपति विद्यादेवी भण्डारीबारे अभिव्यक्ति दिएकी थिइन ।
हिजो बुधवार २८ गते भएको विरोध सभामा पनी झाक्रींले संविधानको चिरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने भन्दै गर्जिएका थिए । प्रतिगमन विरुद्द लेखेको आफुले लगाएको कालो ज्याकेट फाल्दै मुखमा कालोटेप लगाएर अाएकी झाकीँले अहिलेको व्यवस्थामा संविधान र कानुनी राज्यको खिलापमा, सेटिङ र बन्द कोठाभित्र भएका अध्यारा षडयन्त्रका विरुद्ध बोल्न पाइने बताइन ।
नेतृ झाँक्रिले आफुले राष्ट्रपति संस्था शिर माथिको संस्था भएकोले राष्ट्रपति संस्था विरुद्ध बोल्ने दुस्साहस नगरेको स्पष्ट पारिन् । उनले प्रधानमन्त्रीको एउटा कोठाको एसिस्टेन्टजस्तै प्रधानमन्त्री अथवा मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहि छाप गरी निरंकुशताको साक्षि बस्छ भने त्यस्तो पात्रको विरुद्ध बोल्न पाईने उनको भनाई छ ।
उनले एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् । नेतृ झाँक्रिले अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न नआउने बताइन् ।