पोखरा - सरकारले खाना पकाउने ग्यास र पेट्रोलियम प्रदार्थको मुल्य बढाएको छ ।
बुधवार राती देखी लागु हुने गरी सरकारले खाना पकाउने ग्यासमा २५ रुपैया र पेत्रोलमा तथा मट्टितेल , डिजलमा २ रुपैया बढाएको हो ।
नेपाल आय निगमका अनुसार अव पेट्रोलको मूल्य ११२ र डिजेलमटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँसकाे भाउ भने एक वर्षपछि बढेकाे हाे ।
हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५।१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३।०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५।८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । यसअनुसार १५ दिनमा निगमको घाटा ७३।८७ करोड रहने निगमले जनाएको छ ।
स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने उपाध्यायले बताए ।