Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्लिनफिडको अन्तिम तयारी

क्लिनफिडको अन्तिम तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०७७ मंगलवार • १९:१९:४५ बजे
  • 4.2K
    SHARES
  • क्लिनफिडको अन्तिम तयारी

    भारतीय केही समाचार च्यानलले नेपालको राजनीतिको विषयमा भ्रामक समाचार दिएको भन्दै च्यानल बन्द गराइरहेको अवस्थामा सरकारले विज्ञापनरहित च्यानल (क्लिनफिड) लगाउने अन्तिम तयारी गरिरहेको छ।

    images

    यसै सिलसिलामा सरकारले मंगलबार सूचना जारी गर्दै क्लिनफिड लागू भए/नभएको अनुगमन गर्न च्यानल लिंक (फाइनल आईपी, एफपीटीएस) पठाउन सम्पूर्ण केवल टेलिभिजन सेवा प्रदायकलाई सूचना जारी गरेको छ।

    सूचना तथा प्रसारण विभागले विज्ञापनरहित (क्लिन फिड) कार्यक्रम प्रसारण भए/नभएको अनुगमन तथा निरीक्षण गर्नका लागि केवल टेलिभिजन संस्थाबाट प्रसारण हुने सम्पूर्ण च्यानलहरुलाई क्विएएमभन्दा पहिले ‘फाइनल आइपी (एफपिटिएस)’लाई ‘डार्क कोर फाइबर’मार्फत तीन दिनभित्र उपलब्ध गराइदिन पत्राचार गरेको हो।

    clean feed main photo 657

    विभागले यसअघि लकडाउन खुलेको १५ दिनभित्र उक्त लिंक पठाइदिन भनेकोकोमा मंगलबार सबै केवललाई सूचना जारी गर्दै लकडाउन खुकुलो भएको तीन दिनभित्र उपलब्ध भनेको हो।

    विभागले दुई दर्जन केवल टेलिभिजन सेवा प्रदायकको नाम उल्लेख गर्दै उक्त सूचना जारी गरेको छ।

    सरकारले क्लिन फिड लागनु गर्न सम्पुर्ण भौतिक पूर्वाधारहरु तयार गरिसकेको छ। यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले त्यसको अनुगम गरेका छन्।

    अनुगमन गर्दै क्लिन फिड लागु गर्न थप जनशक्ति परिचालन गर्ने मन्त्री खतिवडाले बताए। साथै, उनले विज्ञापन बोर्ड गठन गरेर नै सरकार अगाडि बढ्ने बताए।

    नेपालमा क्लिन फिड लागु गर्ने लामो समयदेखिको प्रयासबीच सरकारले गत वर्ष विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ मै एक वर्षमा लागु गर्ने प्रावधान ल्याएको थियो।

    विज्ञापन ऐन–२०७६ अनुसार आगामी कात्तिक ८ देखि क्लिन फिड लागु गर्नु पर्ने हुन्छ।

    विज्ञापन संघले मुलुकको विज्ञापन उद्योगमा अर्बौं रुपैया थपिने हुदा यसलाई छिटो लागु गर्न धेरै वर्षदेखि लागु गर्दै आएका छन्।

    साथै विभागले सञ्चालिन च्यानलहरुको अनुगमनको तयारी समेत गरेको छ। त्यसको लागि विभागका क्लिन फिड सम्बन्धित ‘इक्विपमेन्ट’ तयारी अवस्थामा रहेको विभागले बताए।

    उक्त मेसिनले इजाजत पत्र लिए नलिएको, नवीकरण गरे नगरेको वा एक नाममा लिएको इजाजत अर्कैैमा प्रयोग भएको छ कि भन्ने कुराको पनि अुनगमन गर्ने विभागको भनाइ छ।क्लिनफिड लागु भएमा विदेशी ठूला कम्पनी, बहुराष्ट्रिय कम्पनीले नेपालमै आएर नेपाली विज्ञापन एजेन्सी, कलाकार र यहीको भूमि प्रयोग गरेर विज्ञापन बनाउने विश्वास छ।

    जसले गर्दा नेपाली मिडिया, कलाकार, एजेन्सी, लेखकदेखि विज्ञापनसम्बन्धी सबै पक्षलाई फाइदा पुग्ने आशा गरिएको छ।नेपाल विज्ञापन संघका अनुसार हाल नेपालमो विज्ञापन बजार १२ अर्बको छ र क्लिन फिड लागू भए पनि थप ६ अर्बले वृद्धि हुने जनाएको छ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology